२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

भारतमा १९ अप्रिलबाट ७ चरणमा आम निर्वाचन, नतिजा जुन ४ मा

Untitled
Untitled
Untitled

एजेन्सी, भारतमा अप्रिल १९ बाट आम निर्वाचन सुरु हुने भएको छ। यसपटक ७ चरणमा मतदान सम्पन्न निर्वाचन आयोगले जनाएको हो।

शनिबार निर्वाचनको मिति घोषणा गर्दै निर्वाचन आयोगले जुन ४ मा नतिजा आउने बताएको छ। अप्रिलको उत्तरार्ध र मे महिनाभर मतदान चल्नेछ।

लोकसभा चुनावसँगै अरुणाचल प्रदेश, आन्ध्र प्रदेश, उडिसा र सिक्किममा विधानसभा चुनाव पनि हुनेछ।

प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रो कार्यकालका लागि निर्वाचित हुनेमा विश्वस्त छन्। उनको नेतृत्वमा रहेको भाजपासहितको एनडीए गठबन्धनलाई कांग्रेससहितका इन्डिया गठबन्धनले टक्कर दिने प्रयास गर्नेछ।

प्रमुख निर्वाचन आयुक्त राजीव कुमारले चुनावका क्रममा हिंसात्मक गतिविधि भए कठोर कारबाही गरिने चेतावनी दिए।

Untitled
Untitled
Untitled