२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

पूर्वी अर्जेन्टिनामा आएको आँधीका कारण १४ को मृत्यु, विमानस्थलमा राखिएका विमान पनि हावाले उडायो

Untitled
Untitled
Untitled

एजेन्सी, पूर्वी अर्जेन्टिनामा भएको भिषण वर्षा र आँधीका कारण १४ जनाको मृत्यु भएको छ ।

१५० किलोमिटर प्रति घण्टा को गतिमा आएको आँधीका कारण मानवीय क्षतिसँगै भौतिक संचरनामा क्षति पुगेको हो ।

रोलर स्केटिङ प्रतियोगिता भइरहेका बेला आएको आँधीका कारण खेलकुद केन्द्रको छत १३ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।

थप १४ जना जना घाइते भएका छन् । उनीहरुलाई भग्नावेशष मुनिबाट उद्दार गरिएको छ ।

आज बिहान रुखको हाँगाले लागेर मोरेनो सहरमा अर्की एक महिलाको मृत्यु भएको छ ।

दक्षिणमा अवस्थित बन्दरगाह रहेको सहर बाहिया ब्लान्कामा शनिबार आएको आँधी राजधानी तर्फ सर्दै गएको समचारमा जनाइएको छ ।

नयाँ राष्ट्रपति जेभियर माइलीले पदभार ग्रहण गरेको एक सातापछि त्यहा प्राकृतिक विपत्ती आइलागेको हो ।

स्थानीय मिडिया द्वारा प्रकाशित भिडियो फुटेजमा ब्यूनस आयर्स नजिकैको एरोपार्क एयरपोर्टमा आँधीले विमानलाई समेत उडाएको देखिन्छ ।

आँधीको प्रभाव छिमेकी मुलुक उरुग्वेमा पनि परेको छ । त्यहा दुई जनाको मृत्यु भएको बताइएको छ ।

 

Untitled
Untitled
Untitled