२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

इजरायल र हमासबीचको युद्धविराम एक दिन लम्बियो, थप बन्धक छाडिने सम्भावना

Untitled
Untitled
Untitled

काठमाडौं, इजरायल र प्यालेस्टिनी अतिवादी समूह हमासबीचको युद्धविराम एक दिन लम्बिने भएको छ।

चारदिने युद्धविराम सकिन १० मिनेट मात्र बाँकी हुँदा इजरायल र हमासबीच थप एक दिन युद्ध रोक्ने सहमति भएको अलजजिराले जानएको हो।

यससँगै थप बन्धकलाई छोडिने सम्भावना बढेको छ। यसका लागि कतार, इजिप्ट र अमेरिकाले मध्यस्थताको भूमिका खेलेका छन्।

बुधबार रातिसम्म कुल ९७ बन्धकलाई हमासले छोड्दा १८० प्यालेस्टिनी कैदी रिहा भएका छन्।

Untitled
Untitled
Untitled