२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

इजरायल/लेबनन युद्धविराम तीन हप्ता लम्ब्याइयो

Untitled
Untitled
Untitled

एजेन्सी, अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र लेबननबिचको युद्धविराम तीन हप्ताका लागि बढाइएको घोषणा गरेका छन्।

सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै उनले ओभल अफिसमा इजरायल र लेबननका अधिकारीहरूबीचको भएको वार्तापछि युद्धविराम अवधि बढाइएको जानकारी गराएका हुन्।

ट्रम्पले वार्ता ‘धेरै राम्रो’ भएको उल्लेख गरेका छन्। वासिङ्टनमा भएको इजरायल-लेबनन वार्तामा अमेरिकाका उपराष्ट्रपति जेडी भान्स र विदेशमन्त्री मार्को रुबियो पनि उपस्थित थिए।

ट्रम्पले लेखेका छन्, ‘अमेरिकाले हेजबुल्लाहबाट आफूलाई बचाउन लेबननसँग काम गर्नेछ।’

उनले निकट भविष्यमा आगामी हप्ता भविष्यमा इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहु र लेबननकाी राष्ट्रपति जोसेफ आउनलाई अमेरिकाका स्वागत गरिने पनि बताएका छन्।

Untitled
Untitled
Untitled