२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

अमेरिकाले गोली हानेर कब्जा गर्‍यो इरानी जहाज

Untitled
Untitled
Untitled

एजेन्सी, अमेरिकाले इरानको एक मालवाहक जहाज कब्जा गरेको छ।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पका अनुसार होर्मुज स्ट्रेट पार गर्ने प्रयास गरिरहेका बेला टोस्का नामक जहाज नियन्त्रणमा लिइएको हो।

ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जहाज हाल हाम्रो नियन्त्रणमा छ। पूर्ण रूपमा नियन्त्रणमा लिएर जहाजभित्र के छ भनेर अनुसन्धान गरिरहेका छौँ।’

ट्रम्पले अगाडि लेखेका छन्, ‘आज इरानी झन्डा बोकेको जहाज टोस्काले नौसेना नाकाबन्दी तोड्ने प्रयास गरेको थियो ।

तर, असफल भयो। यो जहाज ९०० फिट लामो र लगभग विमानवाहक जत्तिकै भारी छ।’

रोक्न चेतावनी दिँदा नमानेपछि अमेरिकी नौसेनाले आक्रमण गरेर जहाज नियन्त्रणमा लिएको दाबी ट्रम्पले गरेका छन्।

यसैबिच अमेरिकी केन्द्रीय कमान्डले भिडिओ जारी गरेको छ। जसमा एउटा नौसेना जहाजले कार्गो जहाजलाई रोकेको र गोली हानेको देखिन्छ।

Untitled
Untitled
Untitled