२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

खुलेको २४ घन्टा नवित्दै इरानले बन्द गर्‍यो ‘स्ट्रेट अफ हर्मुज’

Untitled
Untitled
Untitled

एजेन्सी, इरानले ‘स्ट्रेट अफ हर्मुज’ खोलेको घोषणा गरेको २४ घन्टा नवित्दै पुनस्बन्द गरेको छ।

इरानले शुक्रबार मात्रै युद्ध विराम अवधिभरका लागि ‘हर्मुज’ पूर्ण रुपमा खुल्ला गरेको घोषणा गरेको थियो।

तर, २४ घन्टा नवित्दै व्यस्त समुद्री मार्गमा पुनः प्रतिबन्ध लगाइएको हो। इरानले अमेरिकाले नाकाबन्दी कायम राखेको भन्दै ‘हर्मुज’ बन्द गर्ने निर्णय गरेको हो।

इरानका अनुसार अमेरिकासँग भएको वार्तापछि विश्वासका आधारमा केही तेल र सामान बोकेका जहाजहरूलाई आवतजावत गर्न दिइएको थियो।

तर, अमेरिकाले आफ्नो प्रतिबद्धता पूरा नगरेको र नाकाबन्दीको बहानामा जहाजहरूमाथि कडाइ गरेको आरोप इरानले लगाएको छ।

इरानले यसलाई युद्धविराम सम्झौताको उल्लङ्घन भएको बताउँदै अब ‘हर्मुज’ हुँदै हुने जहाजहरूको आवतजावत पूर्ण रूपमा सेनाको नियन्त्रणमा रहने जनाएको छ।

साथै, अमेरिकाले आफ्ना बन्दरगाहमाथिको नाकाबन्दी नहटाएसम्म कुनै पनि जहाजलाई ‘हर्मुज’ बाट पार गर्न नदिने स्पष्ट चेतावनी दिएको छ।

अमेरिकाले भने ‘हर्मुज’ सम्बन्धी नाकाबन्दी हटाउन अस्वीकार गरेको छ।

डोनाल्ड ट्रम्पका अनुसार इरानले अमेरिकासँग सम्झौता नगरेसम्म यो नाकाबन्दी जारी रहने बताएका छन्।

ट्रम्पले थप दाबी गर्दै इरानसँग रहेको प्रसोधित युरेनियम अमेरिका जसरी पनि आफ्नो नियन्त्रणमा लिने बताएका छन्।

इरानले भने उक्त युरेनियम आफ्नो ‘भूमि’ जस्तै पवित्र भएको र पवित्र उदेश्यका लागि गरिएको भन्दै कुनैपनि हालतमा स्थानतरण नहुने बताएको छ।

ट्रम्पले भने वार्ताबाट युरेनियम हासिल गर्ने र नभए पुन इरानमा बमबारी गर्ने धम्की दिंदै आएका छन्।

Untitled
Untitled
Untitled