२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

दुईदेखि तीन हप्ताभित्र इरानबाट अमेरिकी सेना फिर्ता गर्ने ट्रम्पको घोषणा

Untitled
Untitled
Untitled

एजेन्सी, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा भइरहेको अमेरिकी सैन्य अपरेसन छिट्टै अन्त्य गरिने बताएका छन् ।

उनले आगामी दुईदेखि तीन हप्ताभित्र अमेरिकी सेना त्यहाँबाट फिर्ता हुन सक्ने संकेत गरेका हुन् ।

ह्वाइट हाउसमा आयोजित एक कार्यक्रममा उनले आफ्नो प्रशासनले इरानसँग वार्ता र सैन्य कारबाही दुवैलाई समानान्तर रूपमा अघि बढाइरहेको बताए ।

इन्धनको मूल्यवृद्धिबारे सोधिएको प्रश्नमा ट्रम्पले अमेरिका इरानबाट बाहिरिएपछि परिस्थिति सुधार हुने र तेलको मूल्य पनि घट्न सक्ने बताएका छन् ।

उनले अमेरिकाले आफ्नो उद्देश्य लगभग पूरा गरिसकेको दाबी गर्दै करिब दुई हप्ताभित्र अपरेसन समाप्त गरी सेना फिर्ता बोलाइने बताएका छन् ।

Untitled
Untitled
Untitled