२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

दक्षिणी लेबनानमा इजरायली हवाई आक्रमण स् १६ जनाको मृत्यु, अन्य धेरै घाइते

Untitled
Untitled
Untitled

एजेन्सी, दक्षिणी लेबनानमा इजरायलले गरेको हवाई आक्रमणमा तीन लेबनानी सैनिकसहित कम्तीमा १६ जनाको मृत्यु भएको छ ।

सिडोन जिल्लाको अरब अल–जाल सहरमा आक्रमणपछि स्थानीय बासिन्दाले ध्वस्त आवासीय भवनका भग्नावशेष हटाउने प्रयास गरेका थिए ।

लेबनानी आधिकारिक स्रोतहरूका अनुसार आक्रमणमा अन्य धेरै व्यक्ति घाइते भएका छन् ।

यो घटना पछिल्लो समय दक्षिणी लेबनानका विभिन्न क्षेत्रमा बढ्दै गएको तनावकै एक हिस्सा भएको जनाइएको छ ।

उता लेबनानस्थित हिजबुल्लाह समूहले खियाम नजिकै इजरायली सेनाको जमघटलाई लक्षित गर्दै रकेट प्रहार गरेको दाबी गरेको छ ।

साथै, उत्तरी इजरायलको नहारियामा भारी गोलाबारी र मारौन अल–रास क्षेत्रमा ड्रोन आक्रमणसमेत गरिएको जनाएको छ ।

क्षेत्रीय तनाव बढ्दै जाँदा थप द्वन्द्व चर्किने चिन्ता बढेको छ ।

Untitled
Untitled
Untitled