२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

भीम रावलको मातृभूमि जागरण अभियान सुरु

Untitled
Untitled
Untitled

काठमाण्डू, एमालेबाट निष्कासित डा.भीम रावलले पार्टी गठन प्रक्रिया सुरु गरेका छन् ।

बिहीबार सामाजिक सञ्जालमा रावलले पार्टीको नाम मातृभूमि जागरण अभियान नेपाल प्रस्ताव गर्दै पार्टीको अवधारणा र संरचना समेत सार्वजनिक गरेका छन् ।

रावलले सार्वजनिक गरेको अवधारणापत्र अनुसार वडा, पालिका, प्रदेशदेखि केन्द्रसम्म संगठन निर्माण हुनेछ ।

जुन तहको भेला हुन्छ, त्यही तहको समिति बन्ने र समितिमा १५ देखि २५ सदस्यीय रहने रावलको भनाइ छ ।

Untitled
Untitled
Untitled