२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

आईओएमको डीनमा शर्मा नियुक्त

Untitled
Untitled
Untitled

काठमाडौं । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) को डीनमा प्राडा मोहनराज शर्मा नियुक्त भएका छन्। शनिबार बसेको त्रिवि कार्यकारीको बैठकले डीनका लागि गत असोजमा नाम सिफारिस भएका तीन मध्येबाट प्राडा शर्मालाई डीन नियुक्त गरेको हो।

गत १४ असोजमा सिफारिस समितिले त्रिवि कार्यकारी समक्ष प्राडा दिव्यासिंह शाह, प्राडा मोहनराज शर्मा र प्राडा सुधा बस्नेतको नाम सिफारिस गरेको थियो । त्यसअघि समितिले १३ असोजमा उनीहरुसंग कार्ययोजना प्रस्तुति सहितको अन्तर्वार्ता लिएको थियो।

प्राडा शर्माले आफूले औपचारिक पत्र पाइ नसकेको भए पनि निर्णय भएको थाहा पाएको बताए। आफूले त्रिवि चिकित्साशास्त्र अध्ययन् संस्थान (आईओएम)लाई सुदृढ गर्ने योजनाका साथ दावेदारी प्रस्तुत गरेको भन्दै त्यसमा आफूले पूर्ण रुपमा काम गर्ने प्रतिवद्धता जनाए।

Untitled
Untitled
Untitled