२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

प्रधानमन्त्री ओलीलाई चिनियाँ समकक्षी लीले गरे स्वागत

Untitled
Untitled
Untitled

काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई चिनियाँ समकक्षी ली छ्याङले ग्रेट हल अफ पिपलमा मंगलबार आयोजित समारोहमा स्वागत गरेका छन्।

प्रधानमन्त्री ओलीको सम्मानमा चिनियाँ जनमुक्ति सेनाले ‘गार्ड अफ अनर’ प्रस्तुत गर्‍यो। समारोहमा अरू चिनियाँ नेता पनि सहभागी थिए।

प्रधानमन्त्री ओलीले समकक्षी लीलाई आफ्नो भ्रमण दलका सदस्यको परिचय गराएका थिए। चिनियाँ प्रधानमन्त्रीले पनि आफ्ना अरू नेताको परिचय गराएका परराष्ट्र मन्त्रालयले जानकारी गराएको छ।

त्यसलगत्तै दुई मुलुकका प्रधानमन्त्रीस्तरमा द्विपक्षीय भेटवार्ता सुरु भएको छ। त्यसपछि हस्ताक्षर समारोह हुनेछ। प्रधानमन्त्री ओलीले आजै चीनका राष्ट्रपति सी चिनपिङसँग भेटवार्ता गर्नेछन्।

प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल यही मङ्सिर १७ गते जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि बेइजिङ पुगेको हो ।

Untitled
Untitled
Untitled