२०८३ असार ६ शनिवार | Saturday, Jun 20 2026

राष्ट्रपतिले दिइन नयाँ निर्वाचित भएर आएका सांसदहरूलाई शीतल निवासमा दिवाभोज

Untitled
Untitled
Untitled

काठमाडौ, राष्ट्रपति विद्यादेवी भण्डारीले दिवाभोज आयोजना गरेकी छिन्।

 

राष्ट्रपति भण्डारीले दोस्रो कार्यकाल सकिनुअघि राष्ट्रपति भण्डारीले नवनिर्वाचित सांसदहरूललाई शीतल निवास बोलाएर बधाई तथा कार्यकाल सफलताको शुभकामना दिइएको हो।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार संघीय संसदका नवनिर्वाचित सांसदहरूलाई चियापान कार्यक्रमको आयोजना गरिएको हो।

फागुन २५ गते राष्ट्रपतिको निर्वाचन तय भइसकेकाले राष्ट्रपति भण्डारीले चियापान कार्यक्रममार्फत् बिदाइको संकेत दिएकी हुन्। उनको कार्यकाल फागुन २८ सकिँदैछ ।

चियापान तथा दिवाभोज कार्यक्रममा संघीय सांसदसँगै विशिष्ट व्यक्तित्वहरूको पनि उपस्थिति छ।

कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, एमाले अध्यक्ष केपी ओली तथा सरकारका मन्त्रीहरुको उपस्थिति रहेको छ।

Untitled
Untitled
Untitled