काठमाडाैं । मानव धर्मका प्रणेता परम्पूज्य श्री महाराजजीको जन्मदिनको अवसर पारेर नेपाल मानव धर्म सेवा समितिले देशभरी रक्तदान कार्यक्रम गरेको छ । देशका विभिन्न ८ स्थानमा भएको रक्तदानका कार्यक्रममा ४ सय २३ जनाले रक्तदान गरेका छन् ।
‘रक्तदान, जीवनदान’ भन्ने मुल नाराका साथ समितिले आयोजना गरेको रक्तदान कार्यक्रममा नारायणी क्षेत्र आश्रममा एक सय पाँच जनाले रक्तदान गरेका छन् । त्यसैगरी बागमती क्षेत्र आश्रममा एक सय जना, लुम्बिनी क्षेत्र आश्रममा ८४ जना, भेरी क्षेत्र आश्रममा ५८ जना तथा सेती क्षेत्र आश्रममा १४ जना रक्तदान कार्यक्रममा सहभागी भएका थिए ।
कार्यक्रमका अवसरमा समितिकी प्रमुख महात्मा चमेली वाईजीले विज्ञानले सबै कुराका आविस्कार गरेपनि रगतको अभाव पुरा गर्ने बैकल्पिक उपाय निकाल्न सकेको छैन । रगत अभाव भएकाहरुलाई बचाउने एकमात्र उपाय नै रक्तदान भएको बताइन ।
मानव धर्म सेवा समितिले रक्तदान कार्यक्रमलाई प्राथमिकतामा राखेर बेला बेलामा रक्तदान कार्यक्रम गर्दै आएको छ ।
हिमाल रक्तसञ्चार केन्द्रका प्रमुख किरण योगीले नेपालमा प्रायजसो रगतको अभाव भैरहने र रगतको अभावलाई पुरा गर्न नेपाल मावन धर्म सेवा समितिले उल्लेख्य भुमिका खेल्दै आएको छ । ‘समितिमा पुरुषको तुलनामा महिलाहरुको उपस्थिति राम्रो हुने गरेको छ । यसले हामीलाई सस्थासंग मिलेर कार्य गर्न धेरै उत्साह मिल्ने गरेको कुरा वताए । रक्तदान नै जीवन दान भन्ने मूल नारालाई सबैले अंगिकार गरेर सेवामा लाग्ने गरेको आयोजक संस्थाले जनाएको छ ।