विराटनगर, कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री थापालाई पद तथा गोपनीयताको शपथ गराएका हुुन् । शपथ लगतै मुख्यमन्त्री थापाले सानो आकारमा मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
शपथ ग्रहणपछि मुख्यमन्त्री थापाले गठबन्धन दल नेकपा एकीकृत समाजवादीका कमल जबेगु र नेपाली काँग्रेसका प्रदीप सुनुवारलाई मन्त्री नियुक्त गरेका हुुन् ।
गठबन्धनको साझेदार दल नेकपा माओवादीले भने मन्त्रीको नाम पठाइसकेको छैन् । पार्टीमा छलफल गरेर मात्र सरकारमा मन्त्रीहरू पठाइने माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बताए ।


































