२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

मन्त्री सिंहको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली

Untitled
Untitled
Untitled

धनगढी, गाडी दुर्घटनामा ज्यान गुमाएका सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्वीबहादुर सिंहको पार्थिव शरीर धनगढी ल्याइएको छ ।

अहिले श्रद्धाञ्जलीका लागि पार्थिव शरीरलाई धनगढीको कर्भड हलमा राखिएको छ ।

प्रदेशसभाका मुख्यमन्त्री कमल बहादुर शाह, सभामुख भीमबहादुर भण्डारी, प्रदेश सरकारका मन्त्री, विभिन्न राजनीतिक दलका नेताहरू, प्रदेशसभा सदस्यहरू, स्थानीय तहका जनप्रतिनिधिहरूले श्रद्धाञ्जलीका दिएका छन् ।

आजै शव बझाङ लैजाने तयारी भइरहेको छ । मन्त्री नियुक्त भएको ३०औं दिनमा पहिलो पटक गृह जल्ला बझाङ जाने क्रममा सिंह सवार सुपप्र ०१००१ झ ४८० नम्बरको गाडी बझाङको केदारस्युँ गाउँपालिकाको धारछडानजिकै दुर्घटना भएको थियो ।

दुर्घटना लगत्तै उपचारका लागि कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज पुर्‍याइएका सिंहलाई अस्पतालले मृत घोषणा गरेको थियो ।

उनको शव मंगलबार राति धनगढी ल्याइएको हो । प्रदेश सरकारले बुधबार प्रदेशभर शोक बिदा दिने निर्णय यसअघि नै गरिसकेको छ ।

मन्त्री सिंहसँगै दुर्घटनामा परेका पत्नी अमृता सिंह र भाउजू जयादेवी सिंहको बझाङको स्थानीय देउरा प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएको थियो ।

Untitled
Untitled
Untitled