२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

कमजोर नठान्नू, हामीले चाहे सरकार तुरुन्तै ढालिदिन सक्छौं : अध्यक्ष नेपाल

Untitled
Untitled
Untitled

सिन्धुली, एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूहरूले चाहेमा सरकार तुरुन्तै ढाल्नसक्ने चेतावनी दिएका छन् ।

अध्यक्ष नेपालले संसद्‍मा सिट संख्या कम भनेर आफूहरूलाई कम नआक्न पनि चेतावनी दिएका छन् ।

शनिबार सिन्धुलीमाडीमा एकीकृत समाजवादी सिन्धुलीको सातौं जिल्ला अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष नेपालले प्रतिनिधि र राष्ट्रियसभामा आफ्नो सिट संख्या जोड्दा चौथो शक्ति रहेको जिकिर गर्दै आफ्नो पार्टीलाई नहेप्न उनले सत्ता गठबन्धनलाई चेतावनी दिएका छन् ।

अध्यक्ष नेपालले धेरै सिट हुनेहरूको सरकार प्रदेससभामा भकाभक ढलेको भन्दै एमालेप्रति कटाक्षसमेत गरेका थिए ।

बढी सिट भएर मात्र नहुने भन्दै उनले टिकाउन नसक्नेले धेरै ‘फुइँ हाँक्न नहुने’ तर्क गरे । एमाले अध्यक्ष केपी ओलीतर्फ लक्षित गर्दै अध्यक्ष नेपालले ‘मुर्ख राजा’को कथा सुनाएर कटाक्ष गरेका थिए ।

‘मैले जे गरे पनि हुन्छ’ भन्ने ‘मुर्ख राजा’ जस्तै ओली अहंकारी र घमण्डी भएकाले आफूहरूले विद्रोह गर्नुपरेको उनले बताएका थिए ।

अध्यक्ष नेपालले पानीजहाज, भ्यू टावर नेपालको आवश्यकता नभएको तर्क गर्नै वर्तमान गठबन्धनको सरकारले आगामी वर्षका लागि ल्याएको नीति तथा कार्यक्रमले आशा जगाएको बताएका थिए ।

Untitled
Untitled
Untitled