२०८१ भदौ २४ सोमवार | Monday, Sep 09 2024

पश्चिमी क्षेत्रमा आजदेखि मौसम सफा, चिसो घट्यो

Untitled
Untitled
Untitled

काठमाडौ, आज विहीबारदेखि मौसम सफा हुँदैछ । पश्चिमी निम्न चापीय प्रणालीको प्रभावका कारण सुदूरपश्चिम, कर्णाली र लुम्बिनीका धेरैजसो ठाउँमा वर्षा र हिमपात भएको थियो ।

आजदेखि ती क्षेत्रमा पनि घाम लाग्ने मौसमविद् प्रतिभा मानन्धरले बताए । उनका अनुसार मध्य र पूर्वी क्षेत्रमा भने आजको मौसम आंशिकदेखि सामान्य बदली हुने सम्भावना छ । तर, वर्षा भने हुने छैन ।

पर्सि शनिवारसम्म नै देशका धेरै ठाउँको मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ । शनिबारदेखि भने अर्को प्रणाली भित्रने सम्भावना रहेको छ ।

यसैबीच, देशभरकै तापक्रम बढ्न थालेको छ । वर्षा र हिमपातले पश्चिमी क्षेत्रमा हिजोअस्ति चिसो बढे पनि अब बिस्तारै तापक्रम बढ्दै जाने मौसमविद् प्रतिभा मानन्धरले बताइन्।

बिहानको काठमाण्डौको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस मापन गरिएको छ । यस्तै, अधिकतम तापक्रम २० देखि २१ डिग्री सेल्सियससम्म पुग्न थालिसकेको छ ।

Untitled
Untitled
Untitled