२०८१ माघ १२ शनिवार | Saturday, Jan 25 2025

शीतलहरले तराई–मधेसको जनजीवन प्रभावित

Untitled
Untitled
Untitled

दुई/तीन दिनदेखि बढेको शीतलहरले तराई–मधेसको जनजीवन प्रभावित बनेको छ। हाल नेपालगञ्जदेखि पूर्व जनकपुरसम्म मन्द शीतलहरको अवस्था रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

यी क्षेत्रमा अझै १–२ दिन सम्म तापक्रम घट्न गई मध्यम किसिमको शीतलहर हुने विभागले जारी गरेको शीतलहर विशेष बुलेटिनमा उल्लेख छ। विभागका अनुसार विगत ३ दिनदेखि मध्य तराईमा दिनभरजसो हुस्सु र कुहिरो लागेको अवस्था छ।

बिहीबार प्रदेश १ को हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद् समीर श्रेष्ठले जानकारी दिए। पहाडी भू–भागमा आंशिक बदली रहनेछ। उनका अनुसार हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहे पनि तत्काल वर्षाको सम्भावना छैन।

बिहीबार बिहान काठमाडौंको न्यूनतम तापक्रम ३.६ डिग्री सेल्सियस मापन भएको विभागले जनाएको छ।

Untitled
Untitled
Untitled