२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

तरहरामा अधिकारकर्मी परियारदेखि डाक्टर खड्कासम्म सम्मानित

Untitled
Untitled
Untitled

इटहरी, सुनसरीको इटहरी २० तरहरामा भएको राष्ट्रिय कविता प्रतियोगितामा कवि अविनाश भट्टराईको कविता ‘झ्यालको सौन्दर्यशास्त्र’ले प्रथम पुरस्कार प्राप्त गरेको छ ।

‘स्व. नारायण पौडेल स्मृति तरहरा राष्ट्रव्यापी खुल्ला कविता प्रतियोगिता–२०८२’ का लागि प्राप्त भएका ४०६ कवितामध्ये १० वटा कविता छनोट गरी वाचन सहित अन्तिम प्रतिष्पर्धा गरिएको थियो ।

निर्णायकहरु मनु मञ्जिल, ठाकुर बेलवासे, बद्री भिखारी सहितको टोलीले भट्टराईको कवितालाई प्रथम स्थानको ताज दिएका हुन्।

प्रतियोगितामा खोटाङका कवि शुभचन्द्र राईको ‘आशा’ शीर्षकको कविता दोश्रो हुँदा रसुवाकी कवि एलिसा एकलासको ‘पृथ्वीको अन्तिम रूख’ शीर्षकको कविताले त्श्रो स्थान प्राप्त गर्यो।

यसैगरी सप्तरीकी रोमा लम्साल नुराको ‘मानिसलाई रूखको अन्तिम प्रश्न’ र दैलेखका दिपीन सिजापतीको ‘सङ्घर्ष र सङ्कल्प’ सान्तवना भयो ।

श्री जनसहयोग २०५० समूह तरहराले आयोजना गरेको प्रतियोगितामा प्रथम हुने कवि भट्टराईलाई नगद ५१ हजार एक सय सहित पुरस्कृत गरियो।

यसैगरी द्वितीय, तृतीय र प्रोत्साहन पुरस्कार (दुई जनालाई) क्रमशः ४१ हजार एक सय, ३१ हजार एक सय र ११ हजार एक सय प्रदान गरियो।

उत्कृष्ट १० मा छनोट भएका गोरखाका निशान निष्कर्षको ‘प्रकृतिको व्यायामशालामा आमा,’ सिन्धुपाल्चोकका सुन्दर शिरीषको ‘अनि खतरा बन्छ अक्षर,’ सिन्धुपाल्चोककी डा।.स्मिता श्रेष्ठको ‘ईश्वरलाई अपिल,’ इलामका सुवास राई बाङ्देलको ‘ईश्वर भेटिएको वक्तव्य,’ र धनकुटाका अनिल सुवेदीको ‘भगवानको म्याराथुन’ शीर्षकको कवितालाई नगद पाँच हजार एक सयसहित पुरस्कृत गरियो ।

समारोहका प्रमुख अतिथि अग्रज कवि एवम् संस्कृतिविद् तुलसी दिवसले विजयीहरुलाई पुरस्कार प्रदान गरेका थिए ।

समारोहमा तरहरा मूल निवासी विभिन्न क्षेत्रलाई प्रतिनिधित्व गर्दै स्थानीय, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय जीवनमा योगदान गरेका नवल नेपाल, प्रकाशचन्द्र परियार, मणिराम श्रेष्ठ, डाक्टर धनकेशर खड्का, कमला सुब्बा, कमला चापागाँई लगायतलाई प्रमुख अतिथि तुलसी दिवसले सम्मान गरेका थिए ।

समूहका अध्यक्ष सन्तोष श्रेष्ठका अनुसार समारोहमा रुद्रअधिकारी निर्दोषीको लघुकथा संग्रह मनश्चक्षुको समेत विमोचन गरिएको थियो।

नेपालमै सबैभन्दा बढी पुरस्कार राशिको प्रतियोगिता सम्पन्न गरिएको आयोजक जनसहयोग २०५० समूह, तरहराका अध्यक्ष सन्तोष श्रेष्ठले वताए।

Untitled
Untitled
Untitled