२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

विकास निर्माणसँगै सामाजिक काममा विर्तामोड नगरपालिका

Untitled
Untitled
Untitled

बिर्तामोड, नेपालको पूर्वीद्धार तथा प्रमुख व्यापारीक केन्द्र र तिब्रगतिमा सहरीकरण तर्फ उन्मुख हुदै गहिरहेको कोशी प्रदेशको झापा जिल्लामा अवस्थित बिर्तामोड नगरपालिका मिति २०७१ बैशाख २५ गते साविक अनारमनी गा.वि.स. र चारपाने गा.वि.स. समावेश भई पहिलो पटक नगरपालिका घोषणा भएको हो ।

सायद २ जना मानिसहरू को फोटो हुनसक्छ

हाल आएर नेपालको संविधान भाग ५ मा भएको व्यवस्था बमोजिम मिति २०७३ फाल्गुन २७ गते नेपाल सरकारले साविक बिर्तामोड नगरपालिका र गरामनी गा.वि.स. लाई समावेश गराई पुनः दोस्रो पटक बिर्तामोड नगरपालिका घोषणा भएको हो ।

बिर्तामोड नगरपालिका कोशी प्रदेशको राजधानी बिराटनगरबाट करिव १०० कि।मि। र झापाको सदरमुकाम भद्रपुरबाट करिव १८ कि.मि. दूरीमा अवस्थित रहेको छ ।

यस नगरपालिकाको उत्तरमा अर्जुनधारा नगरपालिका, पूर्वमा मेचिनगर नगरपालिका,दक्षिणमा हल्दिबारी र बाह्रदशी गाउँपालिका र पश्चिममा कन्काई नगरपालिका सिमाना रहेका छन् ।

बिर्तामोड नगरपालिकाको कार्यालय बिर्ताबजारमा अवस्थित छ ।

यस नगरपालिका अन्तर्गत १० वटा वडा कार्यालयहरु रहेका छन भने २ वटा निर्वाचन क्षेत्र २ र ३ नं क्षेत्र रहेको यस नगरपालिकाको कुल क्षेत्रफल ७८।२४ वर्ग कि।मि छ ।

२६ं,६३’,७९’’ उत्तरी अक्षांश र ७८ं,९४’,५९’’ पूर्वी देशान्तर बीचमा यो नगरपालिका फैलिएको छ ।

राष्ट्रिय जनगणना २०७८को जनगणना अनुसार बिर्तामोड नगरपालिकाको कुल जनसङ्ख्या १,१६,१९२ रहेको छ भने यहाँ २९,८५२ घरधुरी रहेका छन्।

धनीपुर्जा वितरण

बिर्तामोड नगरपालिकाले भूमिहिन सुकुम्बासी ९ जनालाई जग्गाको धनीपुर्जा वितरण गरेको छ।

नगरपालिकामा आज आयोजित कार्यक्रममा वडा नम्बर ७ का ९ जनालाई नगरप्रमुख पवित्रा महतारा प्रसाईले धनीपुर्जा वितरण गरिन ।

धनीपुर्जा प्राप्त गर्नेहरुमा निरानध्वज लिम्बु २ कट्ठा ४ धुर, अमृतबहादुर लिम्बु २ कट्ठा १७ धुर, निर्मला लिम्बु १० धुर, हरिकला मगर १ कट्ठा ९ धुर, मसीप्रकाश राई ७ कट्ठा ५ धुर, आईतराज लिम्बु १ कट्ठा ७ धुर, मैतीमाया लिम्बु ९ कट्ठा १८ धुर, गुरुदेव घिमिरे १ कट्ठा साढे १८ धुर र कृष्णबहादुर थापा ६ कट्ठा ५ धुर रहेका छन्।

यसअघि बिर्तामोड नगरपालिकाले ३ जनालाई धनीपुर्जा वितरण गरेको थियो।

सडक स्तरोन्नति

बिर्तामोड नगरपालिका १० स्थित शिवालय चोकदेखि कटर डाँगी हुँदै सापडिग्री पुल जोड्ने सडक स्तरोन्नति हुने भएको छ ।

सो सडकको आज नगर प्रमुख पवित्रा महतारा प्रसाईले पूर्वाधार विकास आयोजना कार्यालय, ईटहरीको प्राविधिक टोली सहित नापजाँच गरेको छ ।

सायद ७ जना मानिसहरू को फोटो हुनसक्छ

सडक स्तरोन्नतिको लागि संघीय सरकारले ३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

सायद ५ जना मानिसहरू को फोटो हुनसक्छ

नापजाँच टोलीमा नगर प्रमुख प्रसाईसँगै नेकपा (एमाले) बिर्तामोड नगर कमिटीका अध्यक्ष सुवास भट्टराई, स्थानीय समाजसेवी ज्ञानुनाथ मैनाली, कोशिश घिमिरे लगायतको सहभागिता रहेको थियो ।

पुल उद्घाटन

झापाको बिर्तामोड नगरपालिका वडा नम्बर २ र कनकाई नगरपालिका वडा नम्बर ९ जोड्ने घाग्रा खोलामा निर्माण गरिएको पुलको उद्घाटन गरिएको छ ।

एक संक्षिप्त कार्यक्रमकाबीच कोशी प्रदेश सरकारका खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री एकराज कार्कीले २८ मिटर लामो उक्त ट्रस पुलको उद्घाटन गरे ।

उपभोक्ताको ८० हजार ४ सय ४१ रुपैयाँ २७ पैसा जनश्रमदान र पूर्वाधार विकास कार्यालयको ३९ लाख ४१ हजार ६ सय २२ रुपैयाँ ३५ पैसा गरी कुल ४० लाख २२ हजार ६३ रुपैयाँ ७२ पैसामा पुल निर्माण सम्पन्न भएको जनाइएको छ ।

यस पुलबाट प्रत्यक्षरुपमा २ सय ६६ घर लाभान्वित हुनेछन् । पुल निर्माणमा सहारा नेपालकोसमेत सामाजिक तथा प्राविधिक सहयोग रहेको छ ।

काँकडभिट्टा–लौकही सडक

बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतारा प्रसाईले निर्माणाधीन काँकडभिट्टा–लौकही सडक योजनाअन्तर्गत बिर्तामोड बजार क्षेत्रको काम चाँडै सम्पन्न गर्न आग्रह गरेकी छन् ।

सायद ५ जना मानिसहरू  र पाठ को फोटो हुनसक्छ

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभाग, आयोजना निर्देशनालय सासेक राजमार्ग अभिवृद्धि आयोजनाद्वारा आयोजित यौन रोग तथा मानव बेचबिखनसम्बन्धी सचेतनामूलक कार्यक्रममा बोल्दै प्रमुख प्रसाईले कुनै समस्या आए छलफल र समन्वयमार्फत समाधान गर्न नगरपालिका तयार रहेको बताइन ।

सायद २ जना मानिसहरू  र मञ्च को फोटो हुनसक्छ

तर, ढिलाइ नगरी तीव्र गतिमा काम अघि बढाउनु आवश्यक रहेकोमा उनले जोड दिइन ।

नगर प्रमुख प्रसाईले बिर्तामोडका धेरै स्थान डुवान सम्भावित क्षेत्र भएकोले सडक दुबै छेउमा समानान्तर ड्रेन निर्माण गर्न सुझाव दिइन ।

चेक हस्तान्तरण

बिर्तामोड नगरपालिकाले शुक्रबार २४ जना कृषकहरुलाई समर्थन मूल्य वापत १२ लाख ८१ हजार ८ सय ८७ रुपैयाँ वितरण गरेको छ ।

बिर्तामोडका किसानलाई समर्थन मुल्य वापतको १२ लाख ८१ हजार हस्तान्तरण

नगरप्रमुख पवित्रा महतारा प्रसाईले उक्त रकम बराबरको चेक हस्तान्तरण गरिन ।

पुस्तक खरिद

राष्ट्रिय आविष्कार केन्द्र सञ्चालनका लागि बिर्तामोड नगरपालिकाले ५० हजार रुपैयाँ सहयोग गरेको छ ।

नगर प्रमुख पवित्रा महतारा प्रसाईले ५० हजार रुपैयाँ बराबरको ‘महावीर पुनः सम्झना, सपना र अविरल यात्रा’ नामक पुस्तक खरिद गरेर सहयोग गरेकी हुन् । ।

कार्यक्रममा नगर प्रमुख प्रसाईले केन्द्रका अध्यक्ष महावीर पुनको प्रशंसा गर्दै उहाँले सञ्चालन गरेको अभियान अत्यन्त महत्वपूर्ण रहेको बताइन ।

प्रमुख प्रसाईले पुस्तक खरिद गरेर सहयोग गर्न सबैलाई आग्रहसमेत गरिन । त्यसैगरी, नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौलाले डा। पुनको प्रयासको सम्मान र प्रोत्साहन गर्नुपर्ने धारणा व्यक्त गरे ।

Untitled
Untitled
Untitled