काठमाण्डू, काठमाडौँ नेपालको केन्द्रीय राजधानी शहर तथा मुलुककै पहिलो महानगर पनि हो ।
यस महानगरको नजिकका रुपमा रहेका दुई ठूला शहरहरु मध्ये दक्षिणतर्फ ललितपुर महानगरपालिका र पूर्वतर्फ भक्तपुर नगरपालिका रहेका छन् ।
शिवपुरी, फुल्चोकी, नागार्जुङ र चन्द्रागिरी नामका चार ठूला पहाडहरुको बीचमा रहेको यो महानगर अनुपम भौगोलिक अवस्था, रहस्यपूर्ण जैविक विविधता सहित कचौरा आकारमा समुन्द्री सतहबाट लगभग १४०० मिटर (४६०० फिट) को उचाइमा ५०।६७ वर्ग किलो मिटरमा फैलिएर २७’२२” उत्तरी अक्षांश र ८५’२०” पूर्वी देशान्तरमा अवस्थित रहेको छ ।

धार्मिक सहिष्णुता र उच्च सामाजिक मानव सम्बन्ध रहेको यस शहरको इतिहास लगभग २००० वर्ष पुरानो रहेको मानिन्छ ।
बौद्ध र हिन्दू धर्मावलम्बीहरुको आस्थाको केन्द्रको रुपमा रहेको यो उपत्यका हजारौ प्रकृतिका चाड पर्व, जातजाती, रीतिरिवाज र चालचलनको विविधता भित्र एकता रहेको छ भने, नेपालीहरु मध्यकै एक प्रमुख समुदाय नेवार समुदायको कला र संस्कृतीको खानी कै रुपमा समेत रहेको छ ।

कला, संस्कृतीको जीवन्त इतिहास तथा प्राचिन विशिष्ट शैलीको अनुपम निर्माणका कारण विश्वकै दर्शनीय स्थलहरु मध्येको एक शहरका रुपमा रहेको यस शहरमा स्वयंभु, बौद्ध, पशुपतिनाथ, हनुमानढोका क्षेत्र लगायतका विश्व सम्पदा सूचीमा अंकित अनेकौ स्थलका कारण नेपाल भित्रने पर्यटहरुको प्रमुख गन्तव्यस्थलका रुपमा पनि यस महानगर रहेको छ ।

इतिहास देखि नै सम्पन्न र समृद्ध यस महानगर मुलुककै अर्थतन्त्रको केन्द्रविन्दुको रुपमा रही आएको छ भने, सारा नेपालीको आकर्षणको केन्द्र पनि यसै काठमाडौं महानगर रहेको छ ।
जनप्रतिनिधिको हैसियतले काठमाण्डौ महानगरपालिका वडा नं. ५ मा आयोजित सार्वजनिक सुनुवाइ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।

वडावासी दाजुभाइ तथा दिदीबहिनीहरूप्रति यो प्रतिनिधित्व गर्ने अवसर दिएकोमा वडाले हार्दिक धन्यवाद व्यक्त गरेको छ ।
कार्यक्रममार्फत अघिल्लो आर्थिक वर्षको बजेटको समीक्षा गर्दै नयाँ आर्थिक वर्ष २०८२/८३ का योजना र कार्यक्रमहरूबारे वडाबासीबाट प्राप्त मार्गदर्शन र सुझावहरू हामीले गम्भीर रूपमा लिएको थियो ।

सहभागिता जनाई दिनुभएको, सुझाव र आलोचनाबाट हाम्रो दायित्व झन सशक्त बनाइदिनुहुने सम्पूर्ण वडावासीहरूलाई सम्मानपूर्वक नमन गरेको छ । वडाको समृद्धि र सुशासनका लागि हामी प्रतिबद्ध रहेको वडाध्यक्ष वीरेन्द्र प्रजापतिले बताए ।

वडाले भीमसेनस्थानमा फल्चासहितको पुस्तकालय भवन निर्माणका लागि शिलान्यास गरेको छ ।
भवनको प्लिन्थ एरिया ९४० वर्गफिटको हुनेछ ।
९.०४ मिटर उचाइ (तीन तले) हुने भवनको जमिन तला, मध्य भागमा प्राङ्गण हुनेछ । भवनको सडकतर्फको भागमा फल्चा हुनेछ ।

भवनभित्र वहुउद्देश्यीय सभा कक्ष, पुस्तकालय कक्ष, कार्यालय कक्षसहितका सुविधा हुनेछन् । भवन नेपाल मण्डलको परम्परागत शैलीमा निर्माण हुनेछ ।
भवन निर्माणको लागत करसहित २ करोड ८४ लाख ८० हजार रुपैयाँ थियो ।

सार्वजनिक खरिद प्रक्रियाबाट १ करोड ७४ लाख ७९ हजार रुपैयाँ कबोल गर्ने निर्माण पक्षले कामको जिम्मेवारी पाएको छ ।
२०८२ चैत मसान्तभित्र यसको निर्माण सम्पन्न गरिसक्नु पर्ने वडाले जनाएको छ ।

वडाले नेपालको संविधानले तय गरेको स्वायत्तता र स्वशासनको अधिकारलाई सहकारीता, सहअस्तित्व र समन्वयका साथ उपयोग गर्दै, पूर्ण पारदर्शि भई जनसहभागिता र उत्तरदायित्वको सुनिश्चितता गरी संघिय लोकतान्त्रिक गणतन्त्रका लाभहरु स्थानिय स्तरमा समानुपातिक, समावेशी र न्योचित वितरण गर्नु,

दिगो विकासको अवधारणलाई आत्मासात गर्दै महानगरवासी सबैलाई संविधान र कानुन बमोजिमका सुलभ र गुणस्तरिय सेवा प्रवाह गरेको जनाएको छ ।
वडाले सानो गौचरण स्टेडियम निर्माणको कामलाई द्रुत गतिमा अघि बढाएको छ । स्टेडियमको निर्माणको काम निर्धारित समय सम्पन्न हुने वडाध्यक्ष, प्रजापतीले बताए ।
स्टेडियममा ९६×६२ मिटरको खेल मैदान हुनेछ । मैदानमा आकाशे पानी पुनस्भरण प्रणालीसहितको कृतिम घाँस राखिनेछ । वरिपरि सिमा पर्खाल हुनेछ ।
यसमा २८ वटा चार पाङ्ग्रे र १७८ वटा २ पाङ्ग्रे सवारी साधन अट्ने क्षमताको पार्किङ् हुनेछ ।

स्टेडियमको भुइँ तलामा महिलाका लागि २३ वटा र पुरुषका लागि १६ वटा शौचालय हुनेछन् ।
पहिलो तलामा ७ वटा महिलाका लागि र ५ वटा पुरुषका लागि शौचालय हुनेछन् ।
स्टेडियममा एउटा फिजियोथेरापी कक्ष, ३ वटा पुरुषका लागि ३ वटा महिलाका लागि गरेर ६ वटा कपडा फेर्ने कोठा, एउटा प्राथमिक उपचार कक्ष र २ वटा टिम लकर हुनेछन् ।



































