२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

रौतहटमा हात्तीको आक्रमणबाट महिलाको मृत्यु

Untitled
Untitled
Untitled

रौतहट । रौतहटमा पश्चिम उत्तरी भेग फतुवा-विजयपुरमा जङ्गली हात्तीको आक्रमणमा महिलाको मृत्यु भएको छ। हात्तीको आक्रमणबाट घरभित्र सुतिरहेकी महिलाको मृत्यु भएको छ भने मृतकको श्रीमान भागेर ज्यान बचाउन सफल भएका छन्।

फतुवा बिजयपुर-११  बुट्वा राङि गाउँमा शुक्रबार बिहान आफनै घरमा सुतिरहेको अवस्थामा हात्तीले आक्रमण गर्दा ७० वर्षिया पातली तामाङको मृत्यु भएको मेयर प्रत्याशी अजय तिमल्सिनाले बताएका छन्।

हात्तीले मृतकको घर पूर्ण रूपमा क्षति पुर्‍याएको छ । घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख इन्स्पेक्टर ईन्द्रमणि अधिकारीले घटनाको पुष्टि गरेका छन्।

जङ्गली हात्तीले एक्कासि घर माथि आक्रमण गर्दा मृतकको श्रीमान भागेर ज्यान बचाएका थिए। हाल नेपाल प्रहरी, डिभिजन बन कार्यालय चन्द्रिगाहपुर र सशस्त्र बेस क्याम्प विजयपुरको टोली घटनास्थल पुगेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Untitled
Untitled
Untitled