२०८१ फागुन ३ शनिवार | Saturday, Feb 15 2025

अर्थतन्त्र सुधार्न आर्थिक सुधार सुझाव आयोग गठन गरिने

Untitled
Untitled
Untitled

काठमाण्डू, सरकार अर्थतन्त्र सुधार्न आयोग नै बनाएर अघि बढ्ने भएको छ ।

अर्थमन्त्री वर्षमान पुनले अर्थतन्त्र सुधार्न आर्थिक सुधार सुझाव आयोग गठन गरिने बजेटमा उल्लेख गरेका छन् ।

अर्थमन्त्री पुनले भन्नुभयो, ‘राष्ट्रिय अर्थतन्त्रको सम्भाव्यता विश्लेषणको आधारमा आर्थिक वृद्धिका प्रमुख संवाहक क्षेत्र पहिचान गरी उच्च दरको आर्थिक वृद्धि हासिल गर्न र एकीकृत आर्थिक विकास, डिजिटल अर्थतन्त्रको विस्तार र हरित अर्थतन्त्रको आधार निर्माण गर्न नयाँ चरणको आर्थिक सुधार कार्यक्रम अघि बढाइनेछ ।

यस सम्बन्धमा सिफारिस गर्न एक उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग गठन गरिनेछ । उद्योग र लगानी सम्बन्धि कानूनको परिमार्जन, नीतिगत स्थायित्व एवम लगानीको प्रत्याभूति गरिनेछ’, अर्थमन्त्री पुनले भने ।

वर्षौंदेखि अर्थतन्त्रमा उस्तै प्रकृतिको चुनौती कायम रहेकोले त्यसलाई चिरेर अर्थतन्त्र सुधार्न आयोग गठन गरिने मन्त्री पुनले बताए ।

अर्थतन्त्र सुस्त हुँदा सरकारलाई टाउको दुखाइको विषय बनेको छ ।

Untitled
Untitled
Untitled