२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

राजु निरौलाको नेतृत्वको प्यानले नै जित्यो फेकनको निर्वाचन

Untitled
Untitled
Untitled

काठमाडौँ, स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल (फेकन) को नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा महासचिव राजु निरौलाको प्यानलै निर्वाचित भएको छ ।

निरौलाले एक सय आठ मत पाएका थिए भने पराजित प्रज्वल बस्नेतले ११ मत पाएका थिए । निर्वाचनमा निरौला प्यानल बाहेक ३ स्वतन्त्र उम्मेदवार र वरिष्ठ उपाध्यक्ष बस्नेत नेतृत्वको प्यानल सहभागी थिए।

यसै गरी उपाध्यक्षमा उमेश कुश्वार,,अमितबाबु ढुङ्गाना र दिपक सिलवालले क्रमश ९०, ८७ र ८२ मत पाएर निर्वाचित भए ।

महासचिवमा निरौला प्यानलकैछबिन्द्र ओझाले ९७ मत पाएर निर्वाचित बने । सचिबमा इन्द्रजित गौतम र पृथ्वी बहादुर चन्दले ९३ र ९२ मत पाएर बिजयी बने ।

शनिवार बालुवाटार स्थित एलिस रिसेप्सनमा आयोजित १२ औँ वार्षिक साधारणसभा पश्चात् भएको निर्वाचनले निरौलाको पुरै प्यानललाई निर्वाचित गरेको हो।

बस्नेत प्यानलका दुई उम्मेदवार बाहेक अरू उम्मेदवारले निर्वाचन सुरु हुनै लाग्दा प्रक्रियामा असन्तुष्टि जनाउँदै निर्वाचन बहिस्कार गर्ने घोषणा गरेर निस्किए पनि सबै प्रक्रिया पुरा भएको भन्दै स्वतन्त्र निर्वाचन मण्डलले निर्वाचन प्रक्रिया अगाडी बढाएको थियो।

स्वतन्त्र र बस्नेत प्यानल दुवैलाई पराजित गर्दै निरौला प्यानलले बाजी मारेको हो।

अध्यक्ष : राजु निरौला
उपाध्यक्ष : उमेश कुश्वार
उपाध्यक्ष : अमित बाबु ढुङ्गाना
उपाध्यक्ष : दिपक सिलवाल
महासचिव : छविन्द्र ओझा
सचिव : इन्द्रजित गौतम
सचिव : पृथ्वी ब चन्द
कोशाध्यक्ष : दिपेन्द्र पोखरेल
सह-कोशाध्यक्ष : गौतम पुडासैनी
सदस्य : राजकुमार ढकाल
सदस्य : मञ्जु लामिछाने
सदस्य : रोशन खरेल
सदस्य : एलिजा उप्रेती
सदस्य : सञ्जय बस्नेत
सदस्य : खगेन्द्र श्रेष्ठ
सदस्य : महेश हमाल

Untitled
Untitled
Untitled