२०८३ असार ६ शनिवार | Saturday, Jun 20 2026

अलिबाबाका संस्थापक ज्याक मा काठमाण्डौमा

Untitled
Untitled
Untitled

काठमाण्डौ, चिनियाँ कम्पनी अलिबाबाका संस्थापक ज्याक मा काठमाण्डौ आएका छन्।

हङकङ बिजनेस एभिएसनको जहाज चार्टर्ड गरी ज्याक मा मंगलबार दिउँसो काठमाण्डौ आइपुगेका हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ज्याक मासहितको सात सदस्यीय टोली नक्सालस्थित मेरियट होटेलमा पुगेको छ।

ज्याक माको टोलीमा ५ जना चिनियाँ नागरिक, डेनमार्क र अमेरिकाका एक–एकजना नागरिक छन्। उनीहरु १५ दिने पर्यटक भिसामा नेपाल आएका हुन्।

सन् २०१७ मा ज्याक मा चीनका तेस्रो धनी व्यक्ति बनेका थिए।

लामो समयदेखि सर्वसाधारणको नजरबाट टाढा रहेका चिनियाँ कम्पनी अलिबाबाका संस्थापक ज्याक मा केही महिनाअघि मात्रै चीन फर्किएका थिए। उनी १ वर्षभन्दा बढी समयदेखि विदेशमा थिए।

ज्याक माले २०२० मा चीनको आर्थिक नियामकहरुको आलोचना गरेका थिए। त्यसयता उनी विरलै सार्वजनिक रुपमा देखा पर्दै आएका थिए।

ज्याक मा प्राविधिक उद्यमीहरुविरुद्धको अभियानपछि बेपत्ता हुने सबैभन्दा उच्च प्रोफाइल अर्बपति थिए। उनी केही समय हङकङमा बसे। जहाँ उनले साथीहरुसँग भेट गरे। उनी अन्तर्राष्ट्रिय कला मेलामा पनि गए।

ज्याक माले गत जनवरीमा टेक जायन्ट एन्ट ग्रुपको अधिकार त्यागेका थिए।

 

Untitled
Untitled
Untitled