२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

अझै केही दिन गर्मी नघट्ने मौसमबिद्को भनाइ, तराईमा तातो हावाबाट बच्न अपिल

Untitled
Untitled
Untitled
काठमाडौ, अझै केही दिन गर्मी घट्ने सम्भावना नदेखिएको मौसमविद्ले बताएका छन्। जसले गर्दा तराईमा तातो हावा चल्ने क्रम जारी रहने जनाइएको छ। मौसम पूर्वानुमान महाशाखाका मौमसविद् वरुण पौडेलका अनुसार बेलुकीपख अलिअलि बादल लाग्ने तथा छिटपुट वर्षा हुने भएकाले पहाडी क्षेत्रमा तापक्रम धेरै बढ्न नपाउने भएपनि तराईमा भने तापक्रम घट्ने कुनै सम्भावना देखिएको छैन। त्यसो त पहाडी भेगमा हुने बदली र छिटपुट वर्षा पनि तापक्रम घटाउन पर्याप्त नहुने भएकाले समग्रमा देशभर नै गर्मी कायम रहने उनको भनाइ छ। महाशाखाले आज बिहान ६ बजे २४ घण्टे चेतावनी गर्दै जारी गर्दै भनेको छ– देशका तराईका भू-भागमा अधिकतम र न्यूनतम तापक्रम केही दिन नघट्ने देखिन्छ, जसका कारण सो भू-भागमा तातो हावा र लु (Heat Wave) चलिरहेको अवस्था छ। पहाडी भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ। तसर्थ अत्यधिक गर्मी तथा मेघगर्जन र चट्याङबाट हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।’ महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली (थोरै आकाशमा बादल) रही बाँकी स्थानमा मौसम सामान्यतया सफा (घाम लाग्ने) रहनेछ। गण्डकी, कर्णाली र सुदुर पश्चिम प्रदेशका पहाडी भू-भागका थोरै तथा बाँकी प्रदेशका पहाडी भेगका एक/दुई ठाउँमा मेघगर्जनरचट्याङसहित क्षणिक वा हल्का वर्षाको सम्भावना छ। राति भने देशका पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ।
Untitled
Untitled
Untitled