२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

उद्योगी व्यवसायीको प्रोटोकलको विषयमा गम्भीर छौँ : प्रधानमन्त्री दाहाल

Untitled
Untitled
Untitled

काठमाडौ, प्रधानमन्त्री पुष्पकमल दाहालले उद्योगी व्यवसायीको प्रोटोकलको विषयमा सरकार गम्भीर रहेको बताएका छन्।

नेपाल उद्योग वाणिज्य महासंघको ५७औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले उक्त कुरा बताएका हुन्।

समाजमा ठूलो योगदान पु¥याएका व्यवसायीको प्रोटोकल निश्चित नहुँदा व्यवसायमा समेत अप्ठ्यारो परेको उनले बताए।

व्यवसायी संघका पदाधिकारीलाई वडा अध्यक्षभन्दा पनि तल्लो प्रोटोकलमा राखेकामा विरोध गर्दै आएका छन्।

प्रधानमन्त्रीले अहिलेका समस्या समाधान गरेर अघि बढ्ने बताए।

Untitled
Untitled
Untitled