२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

नेविसंघका बागीले जीते पाटन क्याम्पसको स्ववियु सभापति

Untitled
Untitled
Untitled

काठमाडौ, ललितपुरस्थित पाटन संयुक्त क्याम्पसमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावमा सभापति पदमा स्वतन्त्र उम्मेदवार सुशील विष्ट विजयी भएका छन्।

गएराति सम्पन्न मतगणनाको परिणामअनुसार विष्ट १६९ मतान्तरले स्ववियु सभापति पदमा विजयी भएका हुन्। उनले ८४१ मत ल्याउँदा अनेरास्ववियुका उम्मेदवार सुरेश जिसीले ६७२ मत ल्याए।

पाटनमा नेविसंघकै आन्तरिक विवादका कारण चैत ५ गते नै हुनुपर्ने स्ववियु चुनाव पछि सरेको थियो।

उम्मेदवार चयनमा सहमति नभएपछि नेविसंघका एकाइ उपाध्यक्षसमेत रहेका विष्टले स्वतन्त्र उम्मेदवारी दिएका थिए।

नेविसंघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले पाटनको स्ववियु सभापतिका लागि सुरुमा विष्टलाई नै टिकट दिएका थिए।

तर, पछि युवराज थिङलाई आधिकारिक उम्मेदवार भन्दै टिकट दिएपछि त्यहाँ नेविसंघ दुई समूहमा विभाजन भएको थियो।

Untitled
Untitled
Untitled