२०८३ असार ४ बिहीवार | Thursday, Jun 18 2026

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले राजनीतिक दल खोल्ने

Untitled
Untitled
Untitled

काठमाण्डू, मेडिकल व्यवसायी दुर्गा प्रसाईंले केही समयमा नै दलको नाम घोषणा गर्ने बताएका छन् । सोमबार भक्तपुरस्थित आफ्नै निवासमा पत्रकार सम्मेलन गर्दै प्रसाईंले यस्तो घोषणा गरेका हुन् ।

उनले दलको रूपमा राजावादी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र आफूले खोल्ने दलबीच फरक हुने बताए ।

सोमबार निवासमा पत्रकार सम्मेलन गर्दै ब्यावसायी प्रसाईंले प्रदेश खारेजी, हिन्दूराष्ट्र, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री लगायतको एजेन्डा अगाडि सारेका छन् ।

उनले राजसंस्थाको एजेन्डाबारे भने स्पष्ट घोषणा गरेनन् । राजा आए पनि, नआए पनि आफ्नो पार्टी अगाडि बढ्ने उनको भनाइ छ ।

उनले आफू राजावादी भने नरहेको र यही व्यवस्थाभित्रै रहेर व्यवस्थाविरोधी आन्दोलन गर्ने बताए ।

ु१५ गतेको आन्दोलन राजावादी, एमाले र माओवादी मिलेर बिगारेको हो नि, प्रसाईंले भने, म राजावादी होइन, राष्ट्रवादी हो । राजा पनि राजावादी होइनन्, राष्ट्रवादी हुन् ।ु

“भगवान रामचन्द्र पनि सीता लिन जाँदा आफैँ जानुभएको थियो,” प्रसाईंले भने, “राजाको भूमिका कस्तो रहन्छ, त्यसमा भर पर्छ । मैले यहाँसम्म गरेँ ।”

उनले आफू राजनीतिमा नथाकेको बताएका छन् । अब व्यवस्थामा बसेर व्यवस्था विरोधी आन्दोलन हुने बताए ।

“राजालाई मैले भेट्दा पनि भनेको हुँ–सरकार हिजो फ्याक्न हिरासतमा पनि बस्यौँ । अब हामी ल्याउन तयार छौँ भनेको हो ।

राजा समाएको र छोडेको भन्ने हुँदैन । राजा र देउता आफ्नो ठाउँमा छन् ।” उनले राप्रपाभन्दा आफूहरु फरक हुने बताए ।

 

Untitled
Untitled
Untitled