२०८१ जेठ १० बिहीवार | Thursday, May 23 2024

नेपाल कमर्स क्याम्पसमा शनिबार स्ववियु निर्वाचन हुने

काठमाडौ, नेपाल कमर्स क्याम्पसमा शनिबार स्ववियु निर्वाचन हुने भएको छ । विद्यार्थी संगठनको तालाबन्दीका कारण चैत ५ गते निर्वाचन हुन सकेको थिएन ।

त्रिविको निर्देशन बमोजिम चैत १२ भित्र निर्वाचन सम्पन्न गर्नुपर्ने भएकाले क्याम्पस प्रशासन र विद्यार्थी संगठनबीच भएको सहमति अनुसार चैत ११ गते निर्वाचन हुने भएको हो ।

शनिबार बिहान ८ बजेदेखि ४ बजेसम्म मतदानको समय तोकिएको क्याम्पस प्रमुख प्राध्यापक ध्रुव प्रसाद सिलवालले जानकारी दिए । उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित भइसकेपछि स्थगित भएको थियो ।

निर्वाचन कार्यलाई शान्तिपूर्ण, भयरहित वातावरणमा सम्पन्न गराउन सहयोग गर्न सबैमा अनुरोध गरेका छन् ।