२०८३ असार ६ शनिवार | Saturday, Jun 20 2026

फास्ट ट्रयाक तोकिएकै समयमा बनिसक्छ, हालसम्म लागत बढेको छैनः प्रधान सेनापति शर्मा

Untitled
Untitled
Untitled

काठमाडौं, प्रधान सेनापति प्रभुराम शर्माले काठमाडौं–तराईरमधेस द्रुतमार्गको लागत हालसम्म नबढेको बताएका छन् ।

शुक्रवार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै प्रधान सेनापति शर्माले काठमाडौं–तराईरमधेस द्रुतमार्ग तोकिएकै समयमा निर्माण सम्पन्न हुने बताएका हुन् ।

उनले अहिले सेनाले पुल र टनेल निर्माणको कार्यलाई प्राथमिकताका साथ अगाडी बढाइरहेको बताए ।

उनले फास्ट ट्रयाक निर्माण सम्पन्न नहुँदा लागत बढिरहेको भन्ने प्रचार भएको भन्दै सो प्रचारमा सत्यता नभएको बताए ।

उनले हालसम्म निर्धारित बजेट भित्रैबाट काम भइरहेको भन्दै कुनैपनि लागत नबढेको बताए ।

उनले तोकिएकै बजेट भित्र रहेको र तोकिएकै समयभित्र रहेको भन्दै निर्धारित समयमै काम सम्पन्न गर्न नेपाली सेना ढुक्क रहेको बताए ।

उनले भने, ‘नसक्ने भए म सक्दिनँ भनिदिन्थेँ । मलाई केही छैन । नेपालमा हजुर, हामी दाजुभाई नै हौँ । केही लाज लाग्दैन ।

सक्ने, नसक्ने भन्नमा । सकिन्छ तर एकदम सिँगारेर, फास्ट ट्रयाक भनेर युरोपको सडकजस्तो नगरेपनि हजुरहरुलाई खोकनाबाट गाडी चढाएर पूर्वपश्चिम राजमार्गसम्म पुर्‍याउन पाएँ भने हजुरहरुले मलाई माला लगाइदिनुहुन्छ, त्यत्ति हो मैले बोलेको ।’

प्रधान सेनापति शर्माले काठमाडौं–तराईरमधेस द्रुतमार्गको हालसम्मको भौतिक प्रगति ३३.२ प्रतिशत रहेको बताए । उनले आयोजनाको वित्तीय प्रगति भने ३३ प्रतिशत पुगेको जानकारी दिए ।

 

Untitled
Untitled
Untitled