२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

हिजो दिउँसोदेखि बन्द मुग्लिन नारायगढ सडक अझै खुलेन, हजारौँ यात्रुको विचल्ली

Untitled
Untitled
Untitled

नारायणघाट, सुक्खा पहिरोका कारण बिहीवार दिउँसैदेखि बन्द रहेको नारायणगढ–मुग्लिन सडक खण्ड अहिलेसम्म खुल्न सकेको छैन ।

विहीबार दिउँसो १ बजेदेखि बन्द भएको सडक अहिलेसम्म पनि नखुल्दा हजारौँ यात्रु विचल्लीमा परेका छन् ।

यात्रुहरु भोक प्यासमा बसिरहेको ट्राफिक प्रहरीले जनाएको छ । अत्यावश्यक कामले हिँडेकाहरु झन धेरै समस्यामा परेका छन् ।

इच्छाकामना गाउँपालिका–५ को तीन नम्बर पुलमा सुक्खा पहिरो खसेर दिउँसैदेखि सडक बन्द भएको हो । दिउँसो केहीबेर पहिरो पञ्छाउने काम भएपनि पहिरो खस्ने क्रम नरोकिएपछि अहिलेसम्म सडक बन्द नै रहेको छ ।

अहिले सडकमा गाडीको लामो लाइन लागेको छ । अहिले काठमाण्डौबाट छुट्ने गाडी काठमाण्डौमै रोकिएका छन् भने पूर्व र पश्चिमबाट काठमाण्डौतर्फ आउने गाडी नारायणगढ आसपासमै रोकिएका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

अहिले पनि पहिरो खसेको खस्यै गर्दा पञ्छाउन समस्या परेको छ । पहिरो रोकिएपछि पनि पञ्छाउन लामो समय लाग्ने भएकाले सकभर मुग्लिन नारायणगढ सडक भएर यात्रा नगर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ ।

Untitled
Untitled
Untitled