२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

मन्त्रीसँग ११ बुँदे सहमति कांँग्रेस सांँसद गौतमले आठ दिनपछि तोडे भत्किएको पुुलमुनि बसेको अनशन

Untitled
Untitled
Untitled

बर्दिया, बर्दिया क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य तथा कांग्रेस नेता सञ्जयकुमार गौतमले आफ्नो आमरण अनशन तोडेका छन्।

बारबर्दिया र गुलरिया जोड्ने जब्दीघाट पुलमुनि अनशन बसेका कांग्रेस केन्द्रीय सदस्य गौतमले आठौं दिनमा अनशन तोडेका हुन्।

विकासका लागि भन्दै १५ बुँदे मागसहित भत्किएको पुलमुनि शनिबार साँझदेखि अनशनमा बसेका थिए।

शनिबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालासँग ११ बुँदे सहमति गरेपछि अनशन तोडेको बर्दियाका प्रहरी नायब उपरीक्षक हिक्मत बहादुर बोहोराले जानकारी दिए।

बर्दियाको सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दिघाटको पुल २०७४ सालमा भत्किएको थियो। सो ठाउँमा नयाँ पुल निर्माणका लागि ५ वर्षभन्दा बढी प्रयास गरेको भए पनि सरकारले कुनै चासो नदेखाएको गौतमको गुनासो छ।

त्यसैगरी गुलरियामा तटबन्धको बाँकी काम नियमित गर्नुपर्ने, राष्ट्रिय गौरवको बबई सिँचाइ आयोजना तीन वर्षमा पूरा गर्न बजेट सुनिश्चित गर्नुपर्ने, भुरीगाउँ तेलपानी सुर्खेत सडक यसै आर्थिक वर्षदेखि निर्माण सुरु गर्नुपर्ने लगायतका माग राख्दै उनी अनशनमा बसेका थिए।

Untitled
Untitled
Untitled