२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

कलंकी/बल्खको चिल्लो सडक भत्काएर भ्रष्टाचार गरेको शंका, अख्तियारले थाल्यो अनुसन्धान

Untitled
Untitled
Untitled

काठमाडौं, चक्रपथको बल्खु–कलङ्की सडकखण्डको सर्भिस लेन पुनर्स्थापना (रिहाबिलिटेसन)का क्रममा अनियमितता भएको शङ्कामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन सुरु गरेको छ ।

छानबिन प्रक्रिया सुरु भएपछि सो सर्भिस लेनको पुनस्र्थापना कार्य तत्काल रोकिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले सर्भिस लेन पुनर्स्थापना सम्बन्धमा आयोगले छानबिन सुरु गरेको जानकारी दिए ।

काठमाडौँ सडक डिभिजनका प्रमुख नारायणप्रसाद निहुरेले कलङ्की–बल्खु सडकखण्डको सर्भिस लेनको १।७ किलोमिटर सडकखण्डमा कालोपत्रेमुनिको ‘बेस फेलियर’ भई कालोपत्रे सतह बिग्रिएको भन्दै कालोपत्रे उप्काएर पुनस्र्थापना सुरु भएको जानकारी दिए ।

चक्रपथ सुधार आयोजनाबाट सडक डिभिजन कार्यालयमा सो सडकखण्ड हस्तान्तरण भई डिभिजनले सर्भिस लेन पुनर्स्थापना अगाडि बढाएको थियो ।

सर्भिस लेनमा कुनै पनि समस्या नआएको, सडकमा खाल्टाखुल्टी नपरेको र चक्रपथको अरू भागमा जस्तै सो सर्भिस लेनमा पनि सवारीसाधन आवतजावतमा कुनै अवरोध नहुँदानहुँदै बिनाकारण कालोपत्रे उप्काएर पुनस्र्थापना अगाडि बढाइएको पाइएको थियो ।

चीन सरकारको अनुदानमा निर्माण भएको चक्रपथको सो सर्भिस लेन काम नलाग्ने भएको भन्दै ऋण लिएर बनाउन थालिएको थियो ।

चीन सरकारको अनुदान सहयोगमा विस्तार भएको चक्रपथको सो खण्डको पुनस्र्थापनाका लागि अहिले विश्व बैङ्कको ऋण सहयोगबाट सुरु गरिएको हो ।

सो सडकखण्डको पुनर्स्थापनाका लागि तीन करोड रुपियाँमा ठेक्का लगाई काम सुरु भएको थियो । वल्र्डवाइड पीआर एसके ९संयुक्त०ले उक्त ठेक्का पाएको छ ।

सो सडकखण्ड निर्माण सम्पन्न भई २०७५ सालमै हस्तान्तरण भएको थियो । तर अहिले आएर उक्त सडक काम नलाग्ने भएको भन्दै रातारात भत्काइएको थियो ।

डिजाइन, निर्माणमा कमजोरी देखिएको भन्दै र अनुगमनमा लापरबाहीका कारण अनुदानमा बनेको सडक ऋण लिएर बनाउनुपरेको सडक विभागको भनाइ छ ।

सडक डिभिजन काठमाडौँका अनुसार परामर्शदाताले पेस गरेको डिजाइनअनुसार १५ सेन्टिमिटर ‘बेस कोर्स’ र छ सेन्टिमिटर ‘आसफाल्ट कङ्क्रिट’ गर्ने गरी पुनर्स्थापना सुरु गरिएको थियो ।

सो सर्भिस लेनको पुनस्र्थापनाका लागि डिभिजन कार्यालयले परामर्शदाता नै नियुक्त गरेको थियो ।

विस्तार कार्य सम्पन्न गरी चीनले २०७५ माघमा चक्रपथको सो खण्ड नेपाललाई हस्तान्तरण गरेको थियो ।

सम्झौताअनुसारको काम सम्पन्न गरी चीनले हस्तारन्तरण गरे पनि सो क्षेत्रमा अझै प्रस्तावित आकाशे पुल र सर्भिस ट्र्याक निर्माण हुन सकेको छैन ।

गोरखापत्र दैनिकबाट

Untitled
Untitled
Untitled