२०८३ असार ६ शनिवार | Saturday, Jun 20 2026

आज मातातिर्थ औंशी अर्थात् आमाको मुख हेर्ने दिन

Untitled
Untitled
Untitled

काठमाडौं, आज बिहिबार मातातिर्थ औंशी अर्थात् आमाको मुख हेर्ने दिन। आजको दिन जन्म दिने आमाप्रति श्रद्धा र सम्मान तथा आदर व्यक्त गर्दै आशीर्वाद लिएर मनाइँदैछ।

मातातीर्थ औंशी जन्म दिने आमाप्रति आदर व्यक्त गर्न पौराणिक कालदेखि मनाइँदै आएको पर्व हो। आजको दिन आमाले गरेका महान् र कष्टपूर्ण कामहरूको सम्झना गरिन्छ। आजको दिन आमाप्रति सम्मान र आमालाई सम्झने दिन हो।

माता तिर्थ औँसीको दिन बिहानै उठेर नुहाएपछि आफ्नी आमालाई नयाँ लुगा, मीठा तथा तागतिला खानेकुरा खान दिएर आशीर्वाद थाप्ने चलन छ।

आमा नभएकाहरू भने आमाको नाममा श्राद्ध गर्दै आमाको सम्झना गर्छन्। दिवङ्गत आमाको सम्झनामा काठमाडौं चन्द्रागिरी नगरपालिकामा रहेको मातातीर्थमा ठुलो मेला लाग्छ।

आमाको लागि मीठा परिकार किन्नेहरूको चापले गर्दा आज मिठाई तथा फलफूल पसलहरूमा भीड हुने गर्दछ।

आजको दिन आमालाई मीठा खानेकुरा खुवाउनको लागि धेरै जना घर तथा माइत जाने क्रम पनि बिहानैदेखि चलिरहेको छ।

सामाजिक सञ्जाल फेसबुक, ट्वीटर, इन्स्टाग्राम तथा टिकटकमार्फत पनि धेरैले आमाप्रति सम्मान व्यक्त गरिरहेका छन्।

मातातीर्थ औँसीका दिन काठमाडौंको थानकोट नजिकै अवस्थित मातातीर्थमा धूमधामका साथ मेला लाग्ने गर्दछ। तिर्थाटनमा सहभागीहरूले मातातीर्थ कुण्डमा स्नान गर्दछन्।

Untitled
Untitled
Untitled