२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

प्रकृति लम्साल मृत्युबारे छानबिन गर्न भारतीय मानवअधिकार आयोगलाई पत्राचार

Untitled
Untitled
Untitled

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले भारतको ओडिसा राज्यको भुवनेश्वरस्थित कालिंगा इन्सिटच्युट अफ इन्डष्ट्रियल टेक्नोलोजी (केआइआइटी) विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्साल मृत्यु भएको घटनाबारे छानबिन गर्न भारतको राष्ट्रिय मानवअधिकार आयोगलाई पत्राचार गरेको छ ।

आयोगका सहप्रवक्ता श्यामबाबु काफ्लेले विश्वविद्यालयको छात्रावासमा मृत भेटिएको घटनाको सम्बन्धमा नेपाली विद्यार्थीले सत्यतथ्य छानबिन गर्न माग गर्दा उनीहरुमाथि भएको कुटपिट र दुव्र्यवहाबारे छानबिनका लागि भन्दै पत्राचार गरेको बताए ।

उनका अनुसार पत्रमा शंकास्पद मृत्युको घटनाको अनुसन्धान गरी पीडितलाई न्याय प्रदान गर्न, विश्वविद्यालयमा कुटपिट भएका र दुव्र्यवहारमा परेका विद्यार्थीलाई शीघ्र न्याय प्रदान गर्न, अध्ययनरत नेपाली विद्यार्थीहरूको पूर्ण सुरक्षाको प्रत्यभूति गर्दै भयरहित वातावरणमा अध्ययन गर्न पाउने अवस्था सुनिश्चित गर्न, घटनामा संलग्न विश्वविद्यालयका अधिकारीहरु तथा व्यक्तिहरुलाई कानुनी दायरामा ल्याइ उत्तरदायी बनाउन माग गरिएको छ ।

आयोगले यही फागुन ७ गते राष्ट्रिय मानवअधिकार आयोग भारतलाई पत्राचार गरेको जनाएको छ । साथै प्राप्त उजुरीको आधारमा आयोगले भारतस्थित नेपाली दूतावास र अन्य माध्ययमबाट घटना र विद्यार्थीको अवस्थाका बारेमा जानकारी लिइरहेको जनाएको छ ।

Untitled
Untitled
Untitled