२०८३ असार ५ शुक्रवार | Friday, Jun 19 2026

चितवन बारमा पहिलो पटक महिला अध्यक्ष चयन

Untitled
Untitled
Untitled

चितवन, चितवन जिल्ला अदालत बार एसोसिएसनमा पहिलो पटक महिला अध्यक्ष चयन भएकी छन्।

चितवन बार महिलामध्येबाट पहिलो सदस्य बनेकी फूलमाया रानाभाट यसपालि अध्यक्ष चयन भएकी हुन्।

शनिबार सम्पन्न अधिवेशनमा उनका निकटतम प्रतिस्पर्धी नुनराज सिलवाल बने। रानाभाटले ८१ मत प्राप्त गर्दा सिलवालले ७८ मत प्राप्त गरेका थिए।

रानाभाट लोकतन्त्रवादी कानून व्यवसायी सङ्घबाट निर्वाचित भएकी हुन्।

उपाध्यक्षमा सीताराम अधिकारी विजयी भए। उनले ९१ मत प्राप्त गर्दा प्रतिस्पर्धी सरिता सापकोटाले ६६ मत प्राप्त गरिन्।

सचिवमा कुलचन्द्र खनाल ८० मतका साथ विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी बलराम पौडेलले ७० मत पाए। सहसचिवमा पवित्रा सुवेदी निर्विरोध चयन भइन्।

कोषाध्यक्षमा दिपकराज तिमिल्सिना निर्वाचित भए। तिमिल्सिनाले ८१ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी सपी मियाँले ७५ मत प्राप्त गरे। महिला सदस्यमा प्रियङ्का थापा निर्विरोध निर्वाचित भइन्।

खुल्ला सदस्यतर्फ शैखरनाथ पोखरेल ७५, किरण गुरुङ ८४, सुरेन्द्रराज सुवेदी ७६, शम्भु बर्तौला ७७, रामकुमार प्याकुरेल ८१, अजयकुमार तामाङ ८१ र केदारराज पन्त ७६ मतका साथ विजयी भएको निर्वाचन समितिका संयोजक जगन्नाथ भण्डारीले जानकारी दिए।

Untitled
Untitled
Untitled