बैतडी, जिल्लाको सिगास गाउँपालिका-१ माडौँमा शनिबार भएको जीप दुर्घटना गम्भीर घाइते भएका २ जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार जिल्लाको सिगास गाउँपालिका-१ का १४ वर्षीया जयन्ती धामी र १९ वर्षीया पार्वती धामीको उपचारको क्रममा मृत्यु भएको हो।
दुर्घटनामा सिगास–१ इराना घर भएका ४० वर्षीया तुलसी धामी, १६ वर्षीया नीरा धामी, १८ वर्षीया कमला धामी र १४ वर्षीया धौली धामी घाइते भएका छन्।
उनीहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ। जीपका चालक फरार छन्।