२०८३ जेठ २२ शुक्रवार | Friday, Jun 05 2026

रवि लामिछानेलाई निलम्बन गर्न संसद् सचिवालयमा पत्र

Untitled
Untitled
Untitled

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सांसद पद निलम्बनको पत्र संसद्मा पुगेको छ ।

पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन आरोपमा हिरासतमा रहेका पूर्वगृहमन्त्री लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा मुद्दा दर्ता भएसँगै निलम्बनको पत्र संसद्मा पुगेको हो ।

आइतबार साँझ कास्की प्रहरीले लामिछाने विरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा मुद्दा दर्ता गराएको पत्र संसद सचिवालयमा आइपुगेको हो।

मुद्दा जिल्ला प्रहरी कार्यालय कास्कीले लामिछानेविरुद्ध मुद्दा दर्ता भएको जानकारी संसदमा आइतबार साँझ पठाएको संसद सचिवालयले जनाएको छ। अब सोमबार संघीय संसद् सचिवालयका महासचिव हुँदै सभामुख देवराज घिमिरेसमक्ष पत्र पुग्नेछ। योसँगै उनको सांसद पद स्वतः निलम्बन हुने भएको छ।

Untitled
Untitled
Untitled