२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

पहरण गरी ५० हजार फिरौती मागेको आरोपमा दुई जना पक्राउ

Untitled
Untitled
Untitled

काठमाडौं । अपहरण गरी फिरौती रकम असुलेको आरोपमा दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका-१६ इनर्वाका ३० वर्षीय सन्तोष दास तत्मा र वीरगन्ज महानगरपालिका-१६ नगवाका ३१ वर्षीय हरिशंकर शर्मा रहेका छन्।

उनीहरूलाई इनर्वाबाट अपहरणमा प्रयोग गरिएको मोटरसाइकल र फिरौती रकमसहित पक्राउ गरिएको पर्सा प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए।

लम्सालका अनुसार मंसिर ९ गते रौतहट कटहरिया नगरपालिका वडा नम्बर ६ का ४१ वर्षीय शेख सा महमदले अपहरणपछि फिरौती रकम मागेको भन्दै जाहेरी दिएका थिए।

उनीबाट सोही दिन दिउँसो साढे १ बजे फिरौतीबापतको ५० हजार रुपैयाँ लिँदैगर्दा दुबै जनालाई पक्राउ गरिएको लम्सालले बताए।

अपहरणमा संलग्नले दुई वटा मोटरसाइकल प्रयोग गरेका थिए। मधेस प्रदेश ०३-०२५प ३९८० र भारतीय नम्बर प्लेटको बिआर०५एयु ९७४५ नम्बरको मोटरसाइकलसमेत बरामद भएको लम्सालले बताए।

दुबै जनालाई पर्सा जिल्ला अदालतबाट अपहरण तथा शरीर बन्धक मुद्दामा सात दिन हिरासतमा राख्ने अनुमति लिई अनुसन्धान थालिएको छ।

Untitled
Untitled
Untitled