२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

वाइडेनले उमेद्वारी फिर्ता लिए, उपराष्ट्रपति कमला ह्यारिसलाई समर्थन गर्ने

Untitled
Untitled
Untitled

एजेन्सी, अमेरिकी राष्ट्रपति जो वाइडेनले उमेद्वारी फिर्ता लिएका छन् ।

वाइडेनले राष्ट्रपतिको निर्वाचनमा फेरि उम्मेदवार नबन्ने निर्णय गरेका हुन् । उपराष्ट्रपति कमला ह्यारिसलाई राष्ट्रपतिको उमेद्वारमा वाइडेनले समर्थन गर्ने भएका छन् ।

राष्ट्रपतिको दौड त्यागेपछि बाइडेनले भने– यो ट्रम्पलाई हराउने समय हो, कमलालाई उम्मेदवार बनाऔँ

सामाजिक सञ्जालमा एक विज्ञप्ति जारी गर्दै वाइडेनले आफू निर्वाचनको दौडबाट पछि हटेको जनाएका हुन् ।

अमेरिकामा चार महिनापछि राष्ट्रपतिको निर्वाचन हुँदैछ । रिपब्लिकन पार्टीबाट पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प चुनावी मैदानमा छन् ।

जुनको अन्त्यमा, रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प र राष्ट्रपति वाइडेनवीच बहस भएको थियो जसमा वाइडेनको प्रदर्शन ’निराशाजनक’ भएको भन्दै उनलाई उमेद्वारी फिर्ता लिन दवाव बढेको थियो ।

वाइडेनले देशवासीलाई सम्वोधन गर्दै आफ्नो औपचारिक घोषणा गर्ने जनाएका छन् ।

Untitled
Untitled
Untitled