२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

इरानमा आज राष्ट्रपतिका लागि निर्वाचन हुँदै, चार जना चुनावी मैदानमा

Untitled
Untitled
Untitled

एजेन्सी, इरानमा आज राष्ट्रपति पदका लागि निर्वाचन हुँदैछ । इब्राहिम रइसीको विमान दुर्घटनामा मृत्यु भएपछि रिक्त रहेको राष्ट्रपति पदका लागि आज निर्वाचन हुन लागेको हो ।

राष्ट्रपति निर्वाचनका लागि चारजना चुनावी मैदानमा छन् । अन्तिम समयमा अन्य दुई जनाले भने उम्मेद्वारी फिर्ता लिएको समाचार संस्था एपी न्यूजले जनाएको छ ।

सईद जलीली, इरानी संसदका अध्यक्ष मोहम्मद बाकर गालीबाफ, मुस्तफा पोरमोहम्मदी र मसूद पेजेशकियान चार जनाले राष्ट्रपतिमा उम्मेदवारी दिएका थिए ।

यी मध्ये संसदका अध्यक्ष गालीबाफको राष्ट्रपतिमा निर्वाचित हुने सम्भावना बलियो भएको आँकलन गरिएको छ ।

गालीबाफ २०१७ र २०२१ मा रईसीका कारण राष्ट्रपतिको रेसबाट बाहिरिएका थिए ।

 

Untitled
Untitled
Untitled