२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

पत्रकार महासंघको निर्वाचन कार्यतालिका हेरफेर, मनोनयन दर्ता १५ गतेलाई सर्‍यो

Untitled
Untitled
Untitled

काठमाण्डू, असार २२ गतेका लागि तय भएको नेपाल पत्रकार महासंघको निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ ।

सार्वजनिक कार्यतालिका अनुसार मतदाता अन्तिम नामावली प्रकाशन असार १४ गते शुक्रबार अपरान्ह ४ बजेका लागि सरेको छ ।

यस अघि अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका बुधबार अपरान्ह ४ बजेका लागि तय भएको थियो ।

संशोधित कार्यतालिका अनुसार उम्मेदवारको मनोनयन दर्ता असार १५ गते बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्मका लागि तय भएको निर्वाच्न समितिका संयोजक प्राध्यापक चिरञ्जीवी खनालले जानकारी दिए ।

उनका अनुसार उम्मेदवारको नामावली प्रकाशन असार १५ गते साँझ ८ बजे हुनेछ ।

यस्तै उम्मेदवारमाथी दाबी विरोध असार १५ गते शनिबार साँझ ८ बजेदेखि असार १६ गते आइतबार बिहान ११ बजेसम्मका लागि तोकिएको छ ।

कार्यतालिका अनुसार उम्मेदवारको मनोनयनपत्र फिर्ता लिने समय असार १६ गते बिहान ११ बजेसम्म रहेको छ भने उम्मेदवारको अन्तिम नामावली प्रकाशन असार १६ गते दिउसो २ बजे तोकिएको छ ।

निर्वाचनको मुख्य दिन मतदान भने असार २२ गते बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म हुनेछ ।

मतदान सकिए लगत्तै असार २२ गते साँझदेखि नै मतगणना हुने कार्यतालिका रहेको छ ।

Untitled
Untitled
Untitled