ललितपुर, वागमती प्रदेश सरकारको सहयोगमा जिल्ला युवा समितिले सञ्चालित गरेको युवा महिलाका लागि आत्मारक्षा तालिम समापन भएको छ ।
कुमारीपाटीमा रहेको क्याप्सन क्याम्पसमा भएको तालिममा ३० जना युवा महिलाको सहभागिता रहेको थियो ।
समापन कार्यक्रममा प्रमुख अथिति वागमती प्रदेशका पूर्व मुख्य मन्त्री तथा प्रतिनिधिसभा सदस्य राजेन्द्र पाण्डेले सहभागीलाई प्रमाण पत्र वितरण गरेका थिए ।

प्रमुख अथिति पाण्डेले युवाहरुले आफनै देशमा केही गर्न सकुन भन्ने उद्देश्यले स्वरोजगार युवा उध्यमी बन्न सीपको आवश्यक रहेको बताए ।
उनले वागमती प्रदेशका यूवाका लागि आप्नो कार्यकालमा १५ करोड वजेट पनि विनियोजन गरेको स्मरण गरेका थिए ।
प्रमुख अतिथि पाण्डेले तालिम परिसरमा भएको कुक लालिमको अवलोकन गर्दै प्रशिक्षार्थीले बनाएका खानाका परिकारको स्वाद पनि लिएका थिए ।

कार्यक्रममा जिल्ला युवा समिति ललितपुरका अध्यक्ष जितेन्द्र महर्जन, काठमाडौं जिल्ला युवा समिति अध्यक्ष इन्जिनियर रुपाथापामगर, क्याम्पसका निर्देशक मनिस पन्डित र प्रेम पुन अतिथिका रुपमा सहभागी थिए ।
महिला तथा किशोरीहरुले आफूलाई अन्याय पर्दा सहनु नहुने र तत्काल आफू सुरक्षित रहन र आत्मरक्षाका लागि तालिम सहयोगी भएको बताएका थिए ।

युवा शिर्जनशील युवा उद्यमी बनाउन वागमती प्रदेशले सीप सिकाइ मार्फत आत्मनिर्भर बनाउन बिभिन्न २१ वटा तालिमको आयोजना गरेको छ ।
रमा न्यौपाने


































