२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

झापाको वि एण्ड सी अस्पताललाई  मेडिकल कलेजको सम्बन्धन दिने चिकित्सा शिक्षा आयोको निर्णय

Untitled
Untitled
Untitled

काठमाण्डू, चिकित्सा शिक्षा आयोगले झापाको बी एन्ड सी अस्पताललाई  मेडिकल कलेजको सम्बन्धन दिने निर्णय गरेको छ।

मंगलबार बालुवाटारमा बसेको आयोगको १४औं बैठकले सर्वोच्च अदालतको आदेशअनुसार बी एन्ड सीलाई चिकित्सा शिक्षा पढाउन सम्बन्धन दिने निर्णय गरेको हो।

गएको २०८० चैत १२ सर्वोच्चले दुर्गा प्रसाईं सञ्चालक रहेको झापाको बी एन्ड सी अस्पताललाई मेडिकल कलेजको सम्बन्धन दिन आदेश दिएको थियो।

आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको बैठकले उक्त मेडिकल कलेजलाई सम्बन्धन दिने निर्णय गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

Untitled
Untitled
Untitled