२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल वर्तमान समीकरण भन्दा बाहिर जानुहुन्न् : प्रधानमन्त्री दाहाल

Untitled
Untitled
Untitled

विराटनगर, प्रधानमन्त्री पुस्पकमल दाहालले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल वर्तमान समीकरण भन्दा बाहिर नजाने स्पष्ट पारेका छन् ।

बिहीबार बिहान आफूसँग कुराकानी हुँदा नेपालले समीकरण भन्दा बाहिर नजाने भनेर स्पष्ट पारेको दाहालको भनाइ थियो ।

‘माधवजी अलि पहिलेदेखि नै उतापनि यतापनि दुबैतिर जोडिनेजस्तो देखिएको त थियो ।

तर, अहिले बिहान मेरो कुरा हुँदाखेरी माधवजीले यो समीकरण भन्दा बाहिर छैन र हुन्न भन्नेकुरामा क्लियर गर्नुभएको छ’, बिहीबार विराटनगरमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा दाहालले भने ।

उनले मधेसमा पनि समीकरण भन्दा बाहिर कोही नहुने उनको दाबी थियो । ‘समीकरण भन्दा बाहिर मधेसमा पनि अर्को बन्दैन । अहिले हाम्रो जेछ त्यही हुन्छ’, दाहालले भने ।

अर्को प्रसंगमा दाहालले बजेटमा कोशी प्रदेशलाई प्राथमिकता दिइएन भनेर प्रचार गरिए पनि त्यसमा कुनै सत्यता नरहेको जिकिर गरे ।

यसमा गलत प्रचार भएको छ । तर, कोशीलाई आवश्यकताअनुसार पर्याप्त बजेट र कार्यक्रम आएको छ’, दाहालले भने, ‘कम भयो भन्ने कुरा सही होइन ।

बजेटमा जति आएका छन् त्यतिमात्रै पनि होइन । वक्तव्यमा सबै कुरा आएका पनि हुँदैनन् ।’

उनले आगामी आर्थिक वर्षको बजेटमा धेरै कुरा नयाँ आएको उल्लेख गर्दै दाहालले कृषि दशकको कुरा आफैँमा नयाँ कुरा भएको बताए ।

यस्तै रोजगारी सिर्जना गर्ने जस्ता विषय पनि बजेटमा आएको उल्लेख गर्दै उनले भने, ‘हाम्रो आर्थिक स्थिति र राजनीति परिस्थिपित हेर्दा सन्तुलित बजेट आएको छ ।’

उनले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको गतिविधिप्रति आफूलाई सञ्चारकर्मीको धारणा जान्न मन लागेको समेत बताए ।

 

Untitled
Untitled
Untitled