२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई हेलिकप्टरबाट काठमाडौं ल्याइयो, मेडिसिटीमा राखिने

Untitled
Untitled
Untitled

काठमाण्डू, नागरिकता कीर्तेसम्बन्धी कसुरमा प्रहरी हिरासतमा रहेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ ।

जनकपुरधामको काब्या अस्पतालमा शुक्रबार उपचारका लागि भर्ना भएका उनलाई डा. एसके सिंह र डा. पंकजकुमार साहको सिफारिसमा थप उपचारका लागि काठमाडौं पठाइएको हो ।

सिरोहियालाई सिम्रिक एयरको हेलिकप्टरबाट काठमाडौं लगिएको छ । उनलाई मेडिसिटी अस्पताल लैजाने बुझिएको छ ।

सिरोहियालाई अदालतको अनुमतिपछि प्रहरीले ज्येष्ठ ८ गते मंगलबार कान्तिपुरको कार्यालयबाट पक्राउ गरेर जनकपुरधाम पुर्‍याइएको थियो ।

धनुषा जिल्ला अदालतले उनलाई पहिलो, दोस्रो र तेस्रो पटक ३र३ दिनको म्याद थपेको छ ।

दोस्रो पटक म्याद थपेकै दिन साँझ उच्च रक्तचाप र मुटुसम्बन्धी समस्या देखिएपछि प्रहरीले उनलाई प्रादेशिक अस्पताल लगियो ।

Untitled
Untitled
Untitled