२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

‘गोरखा मिडिया’ को नाम राखेर छानबिन समितिको ४ बुँदे टीओआर तयार

Untitled
Untitled
Untitled

काठमाण्डू, सहकारीको रकम अपचलनबारे छानबिन गर्ने संसदीय समितिको कार्यादेश ( टीओआर )मा ४ बुँदे सहमति भएको छ।

मंगलबार कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसेको कार्यदलको बैठकले कार्यादेश टुंगो लगाएको हो।

उक्त टीओआरमा सहकारीमा देखिएका समस्या समाधानको प्रयास र ती सहकारीमा आबद्ध बचतकर्ताको बचत सुरक्षा र फिर्ता को प्रक्रिया कहाँ पुगेको छ सो को अध्ययन विश्लेषण गरी अविलम्ब बचत फिर्ताको उपायसहितको सुझाव दिने उल्लेख गरिएको छ।

समग्र समस्याग्रस्त सहकारीहरुको अध्ययन, गोर्खा मिडिया नेटवर्कमा पैसा ल्याउने सहकारीहरुको छानबिन गर्ने र सहकारीको पैसा ल्याउनुमा गोरखा मिडियाका पदाधिकारीको भूमिका लगायतका विषयमा अध्ययन गर्ने कार्यादेशमा उल्लेख छ।

Untitled
Untitled
Untitled