२०८३ असार ५ शुक्रवार | Friday, Jun 19 2026

पार्टीको नाम परिवर्तन गर्दै माओवादी केन्द्र

Untitled
Untitled
Untitled

काठमाडौ, नेकपा माओवादी केन्द्रले पार्टीको नाम परिवर्तन गर्ने भएको छ । अन्य कम्युनिष्ट घटकसँग एकताका लागि माओवादी नाम फेर्न तयार भएको हो ।

पार्टीको २५ भदौमा बसेको केन्द्रीय कार्यालयको बैठकले यस्तो निर्णय गरेको हो । अन्य पार्टीसँगको एकतालाई सफल पार्नका लागि ‘माओवादी केन्द्र’को नाम परिवर्तन गर्ने र त्यसको निर्णय आगामी महाधिवेशनले गर्ने जनाइएको छ ।

माओवादीले तल्ला कमिटीमा पठाएको सर्कुलरको २ नम्बर बुँदामा यस विषयमा स्पष्ट उल्लेख गरिएको छ ।

सर्कुलरमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल र महासचिव देव गुरुङले हस्ताक्षर गरेका छन् ।

जारी सर्कुलरमा माओवादी केन्द्रले भनेको छ, ‘नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) र अन्य कम्युनिस्ट घटकहरूसँग पार्टी एकताको विषयमा गम्भीर ढंगले वार्ता, संवाद र छलफल भइरहेको सन्दर्भमा पार्टी एकतालाई सफल तुल्याउनका लागि नेपाल कम्युनिस्ट पार्टीको पछाडि कोष्ठमा रहेको माओवादी केन्द्रको बारेमा आगामी महाधिवेशनमा छलफल गरी आवश्यक निर्णय गर्न सकिने छ ।’

माओवादीले आगामी मंसिरमा विधान महाधिवेशन गर्ने र त्यसपछि विशेष महाधिवेशन गर्ने निर्णय गरेको छ ।

गत १७ देखि २१ साउनसम्म राजधानीमा चलेको केन्द्रीय समिति बैठकबाट यस्तो निर्णय भएको हो । हाल माओवादी तीनमहिने विशेष अभियानमा छ ।

दाहालले संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन संयुक्त राज्य अमेरिका जानुअघि बैठकबाट सो निर्णय गराएका हुन् । उनी त्यहाँबाट सीधै छिमेकी मुलुक चीनको भ्रमणमा जानेछन् ।

माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेकपा मिलेर गत ४ असारमा समाजवादी मोर्चा गठन भएको छ ।

मोर्चाको उद्देश्य पार्टी एकता रहेको बताइएको छ । माओवादीले उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा पार्टी एकताको बारेमा वार्ता गर्ने समिति पनि बनाएको छ ।

Untitled
Untitled
Untitled