२०८३ असार ५ शुक्रवार | Friday, Jun 19 2026

विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गर्दैछौँ : प्रधानमन्त्री दाहाल

Untitled
Untitled
Untitled

काठमाडौ, प्रधानमन्त्री पुष्पकमल दाहालले विदेशमा रहेका नेपालीहरूलाई मतदानको व्यवस्था गरिने बताएका छन् ।

संयुक्त राष्ट्र संघको ७८औँ महासभामा सहभागी हुन आइतबार न्यूयोर्क आइपुगेका उनले पत्रकारसँगको भेटमा विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको व्यवस्था मिलाउन निर्वाचन आयोगलाई निर्देशन दिएको बताएका हुन् ।

प्रधानमन्त्री दाहालले सामाजिक सञ्जालको दुरुपयोग बढेकोप्रति सरकार गम्भीर भएको भन्दै अब त्यसको नियमनका लागि विशेष पहल गर्ने पनि बताए ।

सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि जस्तो सुकै कदम चाल्न पनि तयार रहेको उनको भनाइ छ ।

प्रधानमन्त्री दाहालले सरकारले गरेका राम्रा र सकारात्मक कुराहरूभन्दा पनि कसरी बदनाम गर्न सकिन्छ भन्ने गिरोह सक्रिय रहेको पनि आरोप लगाए ।

Untitled
Untitled
Untitled